०१ असार २०८३, सोमबार

चिकित्सक अभाव भएपछि अस्पतालको सेवा प्रभावित

चिकित्सक अभाव भएपछि अस्पतालको सेवा प्रभावित

जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो । 

जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ ।

जिल्ला अस्पतालमा २ दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो ।

प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले बताए । अस्पतालमा ३ स्टाफ नर्सको दरबन्दी रहेकामा तीनै जना कार्यरत छन् ।

अस्पतालमा हेल्थ असिस्टेन्ट १, अहेब २, अनमी २ तथा ल्याब असिस्टेन्ट १ जना कार्यरत छन् । 

जिल्लामा हाल ४० स्वास्थ्य चौकी, ५ निर्माणाधीन आधारभूत अस्पताल, ३३ सामुदायिक स्वास्थ्य इकाई, ४ नगर स्वास्थ्य केन्द्र, १४४ गाउँघर क्लिनिक, १४२ खोप केन्द्र, ८ माइक्रोस्कोपिक सेन्टर, २ डट्स सेन्टर तथा ३ सब कोल्ड चेन सेन्टर छन् ।

जिल्लाभर १४ मेडिकल अधिकृत, एक जनस्वास्थ्य अधिकृत, ४३ हेल्थ असिस्टेन्ट, २१ स्टाफ नर्स, ११७ सिनियर अहेब, १७४ सिनियर अनमी तथा ३० ल्याब टेक्निसियन कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्