०४ असार २०८३, बिहीबार

भूकम्पको ६ वर्षपछि काष्ठमण्डपको पुनर्निर्माण कार्य पूरा

भूकम्पको ६ वर्षपछि काष्ठमण्डपको पुनर्निर्माण कार्य पूरा

विक्रम संवत् २०७२ सालको भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम पूरा भएको छ । 

सम्पदा काठमाडौं महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो । 

आगामी माघ २ गते भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक महत्त्व र पुनर्निर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारी छ । पुस मसान्त्सम्म पुस्तक प्रकाशनको काम पूरा हुने शाक्यले बताए ।

मंसिरमै सम्पदा पुनर्निर्माणको काम सकिएको हो । भूकम्पका कारण पूर्णरूपमा क्षति भएको सम्पदा ६ वर्षपछि पुनर्निर्माण गरिएको छ ।

विक्रम संवत् २०७५ वैशाख १६ गतेदेखि पुनर्निर्माणको काम समितिमार्फत शुरू गरिएको थियो ।   

काष्ठमण्डप पुनर्निर्माणका लागि तराईका ६ जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको छ । अध्यक्ष शाक्यका अनुसार काष्ठमण्डप पुनर्निर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ ।

अन्यको तुलनामा सालको काठ बढी टिकाउ हुने भएकाले काष्ठमण्डप पुनर्निर्माणमा सालको काठ प्रयोग गरिएको शाक्यको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्