०३ असार २०८३, बुधबार

विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषदमा

विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषदमा

कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो प्रस्ताव पठाएको हो । 
चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्ट्रनसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । 
यसअघि चीनलगायत देशमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कुटनैतिक पहल गरिएको भएपनि ठोस नतिजा आउन सकेको छैन ।
‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्रीले भने,‘प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौं, समितिमा छलफलभएपछि चाँडै टुंगो लाग्छ ।’
सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरुको हकमा अन्र्तराष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्ट्रन्सीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो । 
कोभिडका महामारीका बेला नेपाल आएका एमबीबीएस विद्यार्थीहरु अध्ययन पूराका सोही देशबाट अनुमति पाएका छैनन् । 
यस्तै, विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्