२४ असार २०८३, बुधबार

१५ वटा जहाज किन्ने योजना ल्याउनुस्, १ रूपैयाँ नखाइकन भाषण गर्न तयार छु : मन्त्री आले

१५ वटा जहाज किन्ने योजना ल्याउनुस्, १ रूपैयाँ नखाइकन भाषण गर्न तयार छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले १० देखि १५ वटा जहाज किन्ने गरी योजना बनाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको बताएका छन् । 

शुक्रवार राजधानीमा आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले पारदर्शी प्रक्रिया अपनाएर जहाज खरिद पनि आफू तयार रहेको पनि बताए । उनले जहाज थप्ने योजना छिटोभन्दा छिटो ल्याउन पनि निगमलाई आग्रह गरे ।

'१० देखि १५ वटा जहाजको योजना बनाएर ल्याउनुस् खरिदको काम अगाडि बढाउन म तयार छु,' आलेले भने, 'जहाज ल्याएर विमानस्थलबाट म १ रूपैयाँ नखाइकन ल्याएर भाषण गर्न तयार छु । एक रूपैयाँ खाएँ म  झुन्डिन तयार छु भनेर प्रतिबद्धता गर्न तयार छु ।'

मन्त्री प्रेम आलेले आगामी तीन महिनाभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने घोषणा पनि गरे । उनले भैरहवाबाट उडानको रुट दिन भारतले गरेको आनाकानीलाई छिट्टै टुङ्याइने समेत बताए । 

उनले यो विमानस्थलमा जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी प्राधिकरणले गरिरहेको बताए । मन्त्री आलेले तोकिएको समयमा काम पूरा गर्न निर्देशनसमेत दिए । उनले युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न समेत निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्