०९ साउन २०८३, शनिबार

ग्लोबल आइएमई बैंकद्वारा १५औँ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना

ग्लोबल आइएमई बैंकद्वारा १५औँ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

बैंकले शुक्रवार सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ, गण्डकी प्रदेशको न्युरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पौष १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

देशभर आयोजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगत दान गरिएको छ ।

यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । 

बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । ग्लोबल आइएमई बैंक यही पौष १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पुरा गरी १६औँ वर्षमा प्रवेश गर्दैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्