०३ असार २०८३, बुधबार

भीरबाट लडेर मजदुरको मृत्यु

भीरबाट लडेर मजदुरको मृत्यु
प्रतिकात्मक तस्वीर

भीरबाट लडेर बैतडीमा शुक्रवार एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो । भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान शुरू भएको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्