०१ असार २०८३, सोमबार

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु

महोत्तरीको लोहारपट्टी नगरपालिका–४ स्थित सडकमा शुक्रवार साँझ ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । ७ जना रहेको ट्रयाक्टर तीव्रगतिका कारण आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकसँगै बसेका शैलेन्द्रको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको हो ।

मृतक शैलेन्द्रको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । 

दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल छन् । 

salt training

कमेन्ट गर्नुहोस्