×

NMB BANK
NIC ASIA

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग

पुस १७, २०७८

NTC
Premier Steels

राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ ।

Muktinath Bank

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसका रूपमा उक्त दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व मन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए । उनले भने, ‘नेकपा मालेको विश्लेषण पनि यही हो ।’


Advertisment
Nabil box
Kumari

अंग्रेजको नेपाल जस्तो अनुकूल राज्यलाई कब्जा गर्ने उद्देश्यलाई पृथ्वीनारायण शाहले पूरा गर्न नदिएको बताए ।

Vianet communication

पूर्व मन्त्री मोदनाथ प्रश्रितले अनेक जातजातिमा बाँडिएका देश नेपाललाई एकीकृत गरेर पृथ्वीनारायण शाहले पूर्वदेखि पश्चिमसम्म चट्ट मिलेको देश निर्माण गरेको बताए । धेरै टाकुराले बनेको देश नेपाल हो भन्दै आफूले पाएको एउटा टाकुराको जिम्मेवारीले पनि पृथ्वीनारायण शाहले सिंगो देश बनाएर नेपाली जनतालाई गुण लगाएको बताए ।

एकीकरणका नायक राजा नै भएको उनको भनाइ थियो । अब सबैलाई समेटेर लैजान पर्ने विशेष दूरदर्शिता भएको नेताको आवश्यकता रहेको उनले औंल्याए । पृथ्वीनारायण शाहको गुणलाई नेपालीले जति नै चर्चा गरे पनि नपुग्ने भन्दै उनकोे योगदानको सम्मान गर्दै सबै जनताप्रति उनले देशलाई दिएको योगदानबारे जागरुक बनाउनुपर्ने समय आएको बताए ।

नेपाली कांग्रेसका नेता विपीन कोइरालाले राष्ट्रिय विभूति, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चर्चा गर्दै विदेशीको हातमा पर्न नदिएर देशलाई जोगाएको स्मरण गराए । उनले भने, ‘देशलाई अंग्रेजको हातमा पर्न नदिएर टुक्राटुक्रा राज्यलाई जोडेर पृथ्वीनारायण शाहले देश एकीकरण गर्नुभएको हो ।’

परिषद्का काठमाडौं उपत्यका संयोजक दिनेश नापितले राष्ट्र बनाउने एक मात्र व्यक्ति भनेको राष्ट्रपिता पृथ्वीनारायण शाह नै भएको जिकिर गरे । एमसीसीलाई पास गर्न दिन नहुने उनको भनाइ थियो । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पुस २७ गते सार्वजनिक बिदा नदिए देउवाकै घरमा खुर्पा लिएर विद्रोह गर्ने दिन नओस्, कुनै हालतमा बिदा दिनैपर्छ ।’

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पृथ्वीनारायण शाहको जन्म र एकता दिवसको आयोजना जुटाएकोमा खुशी लागेको बताए । पृथ्वीनारायण शाह, एकीकरण र एकताको शब्द एकआपसमा जोडिएको उनका भनाइ थियो । यो मुद्दा राष्ट्रिय विषयका रूपमा उठिरहेको पनि उनले बताए ।

पुस २७ गते एकता दिवस मनाउनुपर्छ भन्ने नेता नै धेरैपटक मन्त्री भएको तर मन्त्री भएपछि सबै बिर्सिएको आरोप लगाए ।

उनले भने, ‘मुख्य कुरा दिवसभन्दा पनि मर्म र त्यसले दिएको सन्देश हो । त्यसले दिने संकोचलाई जनमानसमा लान नसकेको कारण आज देशको अवस्था यस्तो भएको छ ।’

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रोहितप्रसाद पौडेलले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते सभ्य र भव्य रूपमा मनाउने बताए ।

राष्ट्रिय एकता परिषद्को केन्द्रीय सदस्य रघु न्यौपानेले पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुक नेपाल आज खण्डखण्ड भएको बताए । पछिल्लो समयमा राजनीतिक दलले देशलाई विखण्डन गरेको आरोप लगाए ।

बेवारिसे लाश व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतले पुस २७ गते बिदा दिनुपर्ने माग नै आवश्यकता नभएको बताए । उनले भने, ‘यो माग राख्न होइन, सरकार आफंैले बुझ्नुपर्छ ।’ राजा कुनै पनि दलको मात्र नहुने भन्दै राजा मात्रै सबै नेपालीको साझा भएको उनको भनाइ थियो ।

विजेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यले पुस २७ गते पहिला दिइएको बिदा खारेज गरेकोमा दुःख लागेको सुनाए । कार्यक्रममा राष्ट्रवादी आन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले भने, ‘यो राष्ट्रिय पर्वका रूपमा हर्षोल्लासको साथ मनाइनुपर्छ ।’

३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिका संयोजक कृष्णप्रसाद लुइँटेलले देश हिँड्नुपर्ने बाटोलाई छाडेर फरक बाटो हिँडेको टिप्पणी गरे । नेपाल र नेतृत्व अहिले गलत बाटोमा हिँडेको उनको भनाइ थियो । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x