२३ जेठ २०८३, शनिबार
माओवादी महाधिवेशन

पदाधिकारीको संख्या टुंगो नलगाई पारित भयो माओवादी केन्द्रको विधान

पदाधिकारीको संख्या टुंगो नलगाई पारित भयो माओवादी केन्द्रको विधान

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पार्टी केन्द्रीय कमिटी पदाधिकारीको टुंगो लगाउन सकेको छैन । 

पार्टी स्थायी कमिटी सदस्य देव गुरूङले पेश गरेको विधान संशोधन प्रस्तावमा १५ पदाधिकारीसहित २९९ जना सदस्य रहेको केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव गरेको थियो । 

महाधिवेशनको बन्दसत्रले विधान संशोधन प्रस्ताव पारित गरेको भए पनि पदाधिकारीको संख्या तोक्ने जिम्मा भने केन्द्रीय कमिटीलाई नै दिएको छ । 

त्यसो हुँदा अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने भएका छन् । 

गुरूङले ल्याएको विधान संशोधन प्रस्तावमा अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१, उपाध्यक्ष-६, महासचिव-१, उपमहासचिव-२, सचिव-३ र कोषाध्यक्ष-१ गरी १५ सदस्यीय पदाधिकारी हुने भनिएको थियो । 

अब सोही प्रस्ताव कार्यान्वयन गर्ने वा नयाँ संरचना बनाउने भन्नेबारे केन्द्रीय कमिटीले टुंगो लगाउने भएको छ । 

यस माओवादी केन्द्रले २०७१ मा विराटनगर सम्मेलनबाट पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने निर्णय गरेर पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो । त्यसबेला प्रचण्डले प्रस्ताव गरेको ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेर सम्मेलन समापन भएको थियो । 

माओवादी केन्द्रको आठौं महाधिवेशनमा पनि ठ्याक्कै त्यही अवस्था दोहोरिएको छ । 

अध्यक्षले प्रस्ताव गर्ने २९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेर महाधिवेशन समापन हुने भएको छ । 

पार्टीको पदाधिकारी भने केन्द्रीय कमिटीको आगामी बैठकले तय गर्ने भएको छ । त्यसो हुँदा नेतृत्वलाई अनुकुल हुने गरी पदाधिकारीको संख्या तोक्न र नेतृत्वले चाहेको व्यक्ति स्थापित गर्न सहयोग पुग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्