इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ ।
शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनललाई २-१ गोल अन्तरले हराएको हो ।
आर्सनलको मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले महत्वपूर्ण तीन अंक जोडेको हो ।
जितसँगै सिटीले २१ खेलमा ५३ अंक जोडेको छ ।
सिटीले दोस्रो स्थानको चेल्सीमाथि ११ अंकको अग्रता बनाएको छ ।
आर्सनल ३५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।