
विश्वका विभिन्न मुलुकका केन्द्रीय बैंकहरूका विदेशी मुद्रा सञ्चितिमा सुन राख्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ ।
अमेरिकी डलर सञ्चित नगरी सुन सञ्चित गर्ने प्रवृत्ति विगत ३१ वर्षमै सबभन्दा उच्च छ ।
विश्व सुवर्ण परिषद्का अनुसार, बैंकहरूले विगत एक दशकमा ४५ सय टनभन्दा बढी सुन सञ्चिति गरेका छन् । सेप्टेम्बर महिनासम्ममा सञ्चिति ३६ हजार टन पुगेको छ । यो अघिल्लो दशकको भन्दा १५ प्रतिशत बढी हो ।
सुनको सञ्चिति बढिरहेको बेलामा डलरको सञ्चिति चाहिँ घटिरहेको छ । सन् २०२० मा डलरको अनुपात विगत २५ वर्षमै सबभन्दा कम थियो ।
विशेषगरी उदीयमान अर्थतन्त्रहरूका केन्द्रीय बैंकहरूले डलरको साटो सुन सञ्चय गरिरहेका छन् । डलरमा आधारित मुद्रा प्रणालीका सम्बन्धमा चिन्ता व्यक्त गर्न थालिएको छ ।
सन् २०२१ को पहिलो नौ महिनामा थाइल्यान्डले ९०, भारतले ७० र ब्राजिलले ६० टन सुन किनेका छन् ।
विशेषगरी सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि सुन सञ्चय गर्ने प्रवृत्ति बढेको हो ।