३० असार २०८३, मंगलबार

मिसेज नेपाल वर्ल्डको उपाधि दीक्षालाई

मिसेज नेपाल वर्ल्डको उपाधि दीक्षालाई

विवाहित महिलाको सौन्दर्य प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छन् ।

सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिवार अबेर राति सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षाले उपाधि चुम्न सफल भएकी हुन् । 

दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । 

यसै वर्षदेखि मिसेस नेपाल वर्ल्डको विजेतालाई मिसेस वर्ल्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागी हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्