२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा, भाजपा नेता चौथाइवालेसँग भेटवार्ता

प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा, भाजपा नेता चौथाइवालेसँग भेटवार्ता

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा भारतको नयाँ दिल्ली पुगेकी छिन् । 

निजी भ्रमणको सिलसिलामा देउवा दिल्ली पुगेको कांग्रेस स्रोतले बतायो । भारत भ्रमणमा रहेकी देउवाले आइतवार भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् ।

‘निजी भ्रमणमा रहनुभएका डा. आरजु राणा देउवासँग नयाँदिल्लीमा अत्यन्तै सौहार्दपूर्ण भेटवार्ता भयो,’ चौथाइवालेले लेखेका छन् । 

नेपाल भ्रमणमा आएको बेला चौथाइवालेलाई आरजुले रक्षा बन्धनका दिन राखी बाँधिदिएकी थिइन् । 

देउवा यसै महिनाको अन्त्यतिर भारत भ्रमणमा जाने तयारी भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्