कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
घुम्तीमा चालकले गाडी मोड्न नसक्दा बुटवलबाट शव बोकेर रिडी जाँदै गरेको बस आइतवार पाल्पाको रिब्दीकोट गाउँपालिका–२ मा दुर्घटना हुँदा ७ जनाको अकालमै ज्यान गयो ।
बुटवल–१७, रानीगञ्जका ७० वर्षका वीरबहादुर विश्वकर्माको शवलाई दाहसंस्कारका लागि गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल धार्मिक तीर्थस्थल रिडी लैजाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पा–तम्घास सडकखण्डअन्तर्गत पर्ने लघुवाबाट ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा मलामी गएका गाडीमा सवार ३५ जनामध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । १५ जना घाइते छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका–२ का शंकर विक (२५), मोहन कुँवर (३६), भोजेन्द्र विक (२८), अर्जुन विक (३३), रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ का विजय थापा (३२), पशुपति रसाइली (३०), खुमबहादुर थापा (४०) रहेका छन् ।
मृतकमध्ये ४ जनाको शव गाडीले च्यापिएको अवस्थामा थियो । एक्जाभेटरले गाडी हटाएर ती शव निकालिएको थियो ।
पशुपति वीरबहादुरका छोरा हुन् । वीरबहादुको इच्छाअनुसार उनको दाहसंस्कारका लागि बुटवलबाट झण्डै १०० किलोमिटर टाढा रिडीतर्फ गाडी जाँदै थियो । बुबाको चाहना पूरा गर्न जाँदै गरेका उनी अन्ततः आफैँ रहेनन् ।
बुटवलबाट बिहान साढे ७ बजे हिँडेको गाडी पौने ११ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले चालक सकुशल रहेकोले उनलाइ नियन्त्रणमा लिइएको बताए । ‘घुम्ती, चिप्लो र ओरालो सडकमा चालकले मेसो नपाउँदा दुर्घटना भएको देखिन्छ,’ त्वाँतीले भने, ‘पाल्पा–गुल्मी सडक साँघुरो छ । त्यो दुर्घटनाग्रस्त क्षेत्र पनि हो ।’
दुर्घटनामा घाइते हुनेहरूमा बुटवल–१७ का ३८ वर्षका विशाल रसाइली, सैनामैना–६ का ३१ वर्षका मीरा रामदास, सोही ठाउँका श्यामबहादुर विक, बुटवल–१७ का ४५ वर्षका धनबहादुर सुनार, अर्घाखाँची पाणिनी–१ का ५४ वर्षका गोपाल नेपाली, अर्घाखाँची छत्रकोट–३ का ४३ वर्षका लालबहादुर विक, मालारानी–२ का ३७ वर्षका रमेश टोहटो, तिलोत्तमा–१४ का ४५ वर्षकी दिलमाया सुनार, सोही ठाउँकी ४५ वर्षकी तारा सुनार रहेका छन् ।
यस्तै अर्घाखाँची, मालारानी–२ का ३९ वर्षका तुल्सीराम विक, सोही ठाउँका २२ वर्षका दीपक विक, बुटवल–१२ का ४८ वर्षका माधवप्रसाद बस्याल, मालारानी–२ का ४० वर्षका अर्जुन रसाइली, सोही ठाउँकै ३५ वर्षका लक्ष्मण टोहटो, सोही ठाउँका २७ वर्षका विष्णु विक घाइते छन् । उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभास र मिसन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते यात्रु थम्मन पचभैयाले पहाडमा नचलाएको चालकलाई गाडी चलाउन दिँदा दुर्घटना भएको बताए । ‘म गाडीको बीच भागतर्फको सिटमा बसेको थिएँ,’ घाइते पचभैयाले लोकान्तरसँग भने, ‘ठूलो बस, चालकले पहाडमा कहिल्यै चलाएका छैनन् भन्थे । जब बाटो ओरालो आयो चालक ‘होपलेस’ भए । गाडी हेर्दाहेर्दै सडक छाडेर ढल्यो ।’ बसमा यात्रा गरेका घाइते कृष्णबहादुर नेपालीले ओरालो बाटो र शीतले भिजेर चिप्लो र घुम्तीका कारण चालक अलमल पर्दा दुर्घटना भएको हुन सक्ने बताए ।
तर, चालकले पहाडमा चलाएको हो कि होइन भन्ने आफूलाई जानकारी नभएको त्वाँतीको भनाइ छ ।
चालक पाल्पाको रम्भा गाउँपालिका–१ का ५८ वर्षका रुक्मांगत बस्याल प्रहरी नियन्त्रणमा छन् ।
उनी दुर्घटनाको एक घण्टापछि आफैं प्रहरी कार्यालय पुगेका थिए । दुर्घटनापछि अहिले बुटवल–१७ रानीगञ्ज र अर्घाखाँचीको मालारानी शोकमा डुबेको छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...