२८ जेठ २०८३, बिहीबार

भीमदत्त नगरपालिकामा ५ महिनामा ५ करोड राजस्व संकलन

भीमदत्त नगरपालिकामा ५ महिनामा ५ करोड राजस्व संकलन

कञ्चनपुरको भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षको ५ महिनामा ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

आन्तरिक आय अन्तर्गत मात्रै राजस्व संकलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मंसिरसम्ममा राजस्व संकलन भएको बताए ।

उनका अनुसार नगरपालिकाले वार्षिक ११ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भइसकेको छ । 

आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक ३ करोड ५० लाख र विभाज्य करअन्तर्गत ७ करोड ५० लाख संकलन भएको छ ।

नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । ४ वर्षअघि नगरपालिकाको आय करीब ४ करोड रुपैयाँ रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी २१ करोड रुपैयाँ पुर्‍याइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्