२८ जेठ २०८३, बिहीबार

१० प्रतिशतभन्दा बढी क्रस होल्डिङका लघुवित्त मर्जरमा जानैपर्ने, असारभित्रै कार्ययोजना पेश गर्न निर्देशन

१० प्रतिशतभन्दा बढी क्रस होल्डिङका लघुवित्त मर्जरमा जानैपर्ने, असारभित्रै कार्ययोजना पेश गर्न निर्देशन

नेपाल राष्ट्र बैंकले लघुवित्तमा १० प्रतिशतभन्दा बढी क्रस होल्ड रहेका बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जरमा जान बाध्यकारी बनाएको छ ।

राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबीच मर्जरमा जानैपर्ने निर्देशन जारी गरेको हो ।

यस्तो निर्देशन अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरूको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त संस्थाहरू पनि एक आपसमा गाभिने वा प्राप्ति हुनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

यसका लागि राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई आगामी असार मसान्तसम्ममा उपयुक्त कार्ययोजना पेश गर्न पनि निर्देशन दिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा जारी निर्देशनमा उल्लेख छ । 

राष्ट्र बैंकले लघुवित्तको इजाजतपत्र प्राप्त लघुवित्तलाई जारी गरेको एकीकृत निर्देशन २०७७ मा आवश्यक संशोधन गरेर राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरेर उक्त निर्देशन जारी गरेको पनि उल्लेख छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्