०२ साउन २०८३, शनिबार

नेपाल बैंकले गर्‍यो सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान

नेपाल बैंकले गर्‍यो सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान

नेपाल बैंक लिमिटेडले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्न सफल बिद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग किर्तिपुरबाट स्नातकोत्तर तह उत्तिर्ण  रामप्रसाद खरेललाई त्रिभुवन विश्वविद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए । 

वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्वोत्कृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ ।

नेपाल बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडाैंमा मंगलवार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पदक विजेता राम प्रसाद खरेललाई बधाई ज्ञापन तथा सम्मान गरेका थिए ।  


 

salt training

कमेन्ट गर्नुहोस्