
बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक फेरि सरेको छ ।
भोलि पुस २२ गतेका लागि तय भएको प्रतिनिधि सभा बैठक नेकपा एमालेको आग्रहमा पुस २८ गतेसम्मका लागि सरेको संसद् सचिवालय स्रोतले बताएको छ ।
जिल्ला अधिवेशनका कारण सांसदहरू त्यहाँ व्यस्त हुने भएकाले बैठक केही दिनका लागि सार्न एमालेले संसद् सचिवालयलाई आग्रह गरेको थियो ।
पुस २३ गते देशभर एमालेले जिल्ला अधिवेशन आयोजना गरेको छ ।
सभामुख अग्नि सापकोटाले पुस २८ गते बिहीवार १ बजे बस्नेगरी बैठक स्थगित गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।