
बलिउड नायिका अनुष्का शर्मालाई ठूलो पर्दामा हेर्न दर्शकहरूको लामो पर्खाइ अब सकिँदैछ ।
तीन वर्षपछि उनले बलिउडमा कमब्याक गरेकी छन् । उनले आफ्नो इन्स्टाग्रामको अकाउन्टमा आफ्नो नयाँ चलचित्र 'चक्दा एक्सप्रेस'को फर्स्टलूक शेयर गरेकी छन् । चलचित्रमा पहिलोपटक उनी क्रिकेटरको भूमिकामा देखिनेछिन् ।
चलचित्रमा अनुष्का क्रिकेटर झुलन गोस्वामीको भूमिका निभाउँदैछिन् । उनले यसको सुटिङ चाँडै हुन लागेको पनि जानकारी दिएकी छन् ।