१० साउन २०८३, आइतबार

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य
फाइल तस्वीर।

सरकारले उखु किसानको माग सम्बोधन गर्दै उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५२० रूपैयाँ तोकिएको हो । 

सोमवार र बिहीवार बसेका मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/७९ उखुको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अब चिनी मिलले किसानको उखु खरिद गर्दा अब कम्तीमा पनि ५२० रूपैयाँ तिर्नु पर्नेछ । 

सरकारले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख आर्थिक सहायता गर्ने निर्णय गरेको छ । यस्तै सरकारले दार्चुलामा नेपाल भारत मोटरेबल पुल निर्माणका लागि सम्झौता गर्ने निर्णय गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्