
गृहमन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।
समसामयिक सुरक्षाको अवस्था र आगामी दिनमा सुरक्षाका चुनौतीका विषयमा उनले छलफल गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताए ।
सहसचिव कोइरालाले बैठकमा सुरक्षाको विस्तृतीकरणको विषयमा पनि छलफल भएको बताए ।