
नापी अधिकृत पदमा छनोट भएकी प्रभा धितालले राजीनामा दिएपछि वैकल्पिक उम्मेदवारको भाग्य चम्किएको छ । लिखित तथा मौखिक (अन्तर्वार्ता) परीक्षामा समेत उत्तीर्ण भई लोक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएकी धितालले राजीनामा दिएपछि वैकल्पिक उम्मेदवार ऋचा शर्माको भाग्य चम्किएको हो । धितालको ठाउँमा लोक सेवा आयोगले शर्मालाई सिफारिस गरेको छ ।
२०७८ भदौ १७ गते लोक सेवा आयोगबाट पास भएर धिताल नापी अधिकृत पदका लागि सिफारिस भएकी थिइन् । तर उनले राजीनामा दिएपछि सचिवस्तरीय निर्णयले पुस १४ गते उनको राजीनामा स्वीकृत गरेको थियो ।
धितालको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २२ गते वैकल्पिक उम्मेदवारको रूपमा ऋचा शर्माको नाम सिफारिस गरेको हो । शर्मा यसअघिको जाँच हुँदा वैकल्पिक उम्मेदवारको एक नम्बर स्थानमा थिइन् । चितवनको गीतानगर-९ की शर्मा अब धितालको स्थानमा छनोट भएकी छन् ।