०१ असार २०८३, सोमबार

काभ्रेमा गुण्डागर्दी गर्ने २ जना पक्राउ

काभ्रेमा गुण्डागर्दी गर्ने २ जना पक्राउ

काभ्रेपलाञ्चोकमा उद्योगी व्यवसायी, होटल व्यवसायीबाट प्राप्त गुनासाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले २ जनालाई पक्राउ गरेको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–५ चौकोट बस्ने ३२ वर्षीय ज्वाला भन्ने कृष्णराम महतलाई पनौती, धुलिखेल र बनेपा क्षेत्रका उद्योगी व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्ने लगायतका कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेको खानिखोला गाउँपालिका–७ बस्ने २८ वर्षीय मम भन्ने दिनेश गोलेलाई पनौती बजार वडा क्षेत्रमा गुण्डागर्दी शैलीमा विभिन्न किसिमका धाकधम्की दिँदै, स्थानीयको दैनिक कामकाजमा अवरोध पुर्‍याउने गरेको कसूरमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।

आरोपीलाई नियन्त्रणमा लिई ‘मुलुकी अपराध संहिता २०७४’को परिच्छेद ५ को सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्ध सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्