
एनएमबि बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिहीवार त्रिभुवन आर्मी अफिसर्स क्लब सुन्धारामाम साधारण सभा सम्पन्न गरिएको हो ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभाद्वारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ ।
साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।