३१ असार २०८३, बुधबार

किन सर्‍यो माओवादी केन्द्रीय समिति बैठक ?

किन सर्‍यो माओवादी केन्द्रीय समिति बैठक ?
फाइल तस्वीर।

पुस २५ का लागि तोकिएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । 

पार्टी केन्द्रीय कार्यालयका केही कर्मचारी र केन्द्रीय सदस्यहरूलाई कोरोना संक्रमण भएपछि माघ ८ गतेसम्मलाई बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

कोरोना संक्रमणलाई मध्यनजर गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो निवासमा हुने प्रत्यक्ष भेटघाट बन्द गरेका छन् । 

केन्द्रीय समिति बैठक स्थगित भएसँगै पदाधिकारी चयन प्रक्रिया पनि लम्बिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्