०६ साउन २०८३, बुधबार

अब ३ तहको चुनावपछि एमाले मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बन्छ : ईश्वर पोखरेल

अब ३ तहको चुनावपछि एमाले मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बन्छ : ईश्वर पोखरेल
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

एमाले जिल्ला कमिटी भक्तपुरको आठौं जिल्ला अधिवेशनको शुक्रवार उद्घाटन गर्दै उनले भने, ‘एमाले अबको ३ तहको चुनावपछि मुलुकको सबैभन्दा ठूलो, शक्तिशाली पार्टी बनेर उदाउने छ, एमालेको विकास र समृद्धिको अभियानलाई फेरि अगाडि बढाउने छ ।’ 

उपाध्यक्ष पोखरेलले एमालेले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रूपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको दाबी गरे । एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा भक्तपुरको विकासले गति लिएको दाबी गरे ।

एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले एमालेलाई भक्तपुरमा पहिलो शक्ति बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्