
नेकपा एमाले पाल्पाका पुराना नेता धनेन्द्रराज घिमिरे जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
पार्टीको ९औं अधिवेशनले घिमिरेलाई अध्यक्ष बनाएको हो ।
उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा टीका थापा र सुनिता शर्मा निर्विरोध भएका छन् ।
जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ ।
एमाले जिल्ला कमिटी १०५ सदस्यीय रहेको छ । अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आएको बताए ।
उनले विकास निर्माणका ठूला काम एमाले सरकारले शुरू गरेकाले अब ती काम पूरा गर्न पनि निर्वाचन जित्नुपर्ने बताए । अधिवेशनका लागि जिल्लाका सबै वडा तथा पालिका तहबाट ७०० प्रतिनिधि थिए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले जनताको माझमा पुगेर लोकप्रिय मत ल्याउन एकताबद्ध भएर जानुपर्ने बताए ।