२५ असार २०८३, बिहीबार

व्यासको गौ संरक्षण केन्द्र अनुसन्धानस्थल बन्दै

व्यासको गौ संरक्षण केन्द्र अनुसन्धानस्थल बन्दै
प्रतिकात्मक तस्वीर

तनहुँको व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धानस्थल बनाइने भएको छ । 

छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिने लगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको हो ।

केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् ।

मानिसले गाईले दूध दिँदासम्म पाल्ने र त्यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो । केन्द्रका कतिपय गाई ब्याएर दूध समेत दिन थालेको छ । 

केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धानस्थलको रूपमा विकास गर्नको लागि नगरपालिकाको बैठकमा कुरा उठान भएकाले प्रक्रिया अघि बढाउन लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

गाईको मलमूत्रबाट के–के बन्न सक्छ, कस्ता–कस्ता औषधि बन्न सक्छन् र अग्र्यानिक अन्नबालीमा कत्तिको लाभदायिक हुन्छन् भन्ने विषयमा अध्ययन अनुसन्धान गरिने छ । स्थानीय जातको गाईको संरक्षण गर्दै धार्मिक र पौराणिक मान्यताअनुसार पुरोहित राखेर अनुसन्धान कार्य अघि बढाउन लागिएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्