२२ असार २०८३, सोमबार

नेपालसहित ५४ देश कतारको रातो सूचीमा, अनिवार्य क्वारेन्टाइनको व्यवस्था

पुस २४, २०७८
नेपालसहित ५४  देश कतारको रातो सूचीमा, अनिवार्य क्वारेन्टाइनको व्यवस्था

कोरोनाको  नयाँ भेरियन्ट  ओमिक्रोनबाट  सङ्क्रमितको  सङ्ख्या बढेपछि कतार सरकारले नेपाललाई रातो सूचीमा राखेको  छ।  कतारले  ओमिक्रोनको  सङ्क्रमण उच्च  देखिएका  नेपालसहित  ५४  देशलाई  रातो सूचीमा राखेको हो। कतार   सरकारले   ओमिक्रोन   देखिएका देशबाट  प्रवेश  गर्ने  नागरिकलाई  नयाँ  स्वास्थ्य मापदण्ड   लागू   गर्दै   कतार   उड्नुपूर्व   ७२ घण्टाअघिको  पीसीआर  नेगेटिभ  रिपोर्ट  नभएका र  कोरोनाविरुद्धको  खोप  नलागएकालाई  प्रवेशमा निषेध लगाएको छ।
यसैगरी रातो सूचीमा परेका देशबाट  कतारमा  पुुगेका  नागरिकलाई  अनिवार्य दु्ई दिन होटल क्वारेन्टाइनमा बस्नुुपर्ने व्यवस्था गरेको छ। कतारको  दोहास्थित  नेपाली  दूतावासका अनुसार  कतार  भित्रिने  यात्रुका  लागि  परिवर्तित सूचीअनुरूप    कोरोना    नियन्त्रण    मापदण्ड शनिबारदेखि लागू हुनेछ, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्