असार १२, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम ...
नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभा सांसद सुनीता ठठेरको विगत तीतो छ । मधेशी समुदायबाट सांसदसम्म आइपुगेकी सुनीतासँग संघर्षको लामो कथा छ ।
राजनीतिमा उसैको चर्चा हुन्छ, जो सफल हुन्छ । उनी सांसद बन्दा खुब चर्चा चुलिएको थियो । ठठेरको जन्म मधेशको राजनीति बुझेको सामान्य परिवारमा भएको थियो ।
रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ की सांसद सुनीता आफ्नै संघर्ष र बलबाट सांसद बनेकी हुन् ।
विवाह गरेको २ वर्षमै सुनीतालाई छाडेर पति विनोद अर्की पत्नी लिएर बेपत्ता भए । २ वर्षको छोरासँगै माइतीको सहारामा संघर्षका ढोका ढक्ढक्याउँदै उनी ‘माननीय’ बनेको पनि अहिले ४ वर्ष पुग्यो ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेले उनलाई समानुपातिक सांसद बनायो । उनले आफूलाई सांसदसम्म पुर्याउन पार्टीको योगदान रहेको बताइन् । सुनीता अहिले आफ्नो ठाउँ, समुदायमा लोकप्रिय महिला नेतृत्वको रूपमा परिचय बनाएकी छन् ।
सुनीताको राजनीतिक पृष्ठभूमि युवा संघ नेपालसँग जोडिन्छ । उनी २०५८ सालमा युवा संघ नेपाल मझगावा गाउँ कमिटीबाट शुरू भएको हो । अहिले उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य छन् । अहिले उनी मधेशी महिलाहरूका समस्या, अधिकार स्थापित गर्न आफ्नो भूमिका कूशलतापूर्वक निर्वाह गर्छिन् ।
सामान्य लेखपढ गर्न मात्र जानेकी सुनीता गाउँ तहका सामान्य कार्यकर्ताका लागि पनि सधैं सहज पहुँचमा हुन्छिन् ।
पार्टीले दिएको जिम्मेवारी केन्द्रित हुने ठठेर आफूलाई अवसर खोज्ने गर्दिनन् । एमालेको हालै सम्पन्न महाधिवेशनमा प्रतिनिधि छनोटमा निर्वाचन हुने अवस्था आएपछि आफ्नो ठाउँमा कमला भण्डारीलाई अगाडि सारेर आफू पछि हटिन् ।
अरू नेताहरूले जस्तो जे पनि गरिदिन्छु भन्दिनन् उनले । ‘राजनीतिमा इमान्दारिताको खाँचो छ । मैले अरू नेताहरू जे पनि गरिदिन्छु भनेको सुनेकी छुँ तर मैले समस्या देखाउने बित्तिकै समाधान गरिदिन्छु भन्दिनँ । कानूनी रूपमा जाऊ भन्छु । समाधान कसरी गर्न सकिन्छ भनेर लाग्छु ।’ उनलाई असल र इमान्दार महिना नेत्री भनेर सबैले चिन्छन् ।
‘माननीय भएपछि अप्ठ्यारोमा परेका दिदीबहिनीहरू समस्या लिएर भेट्न आउनुहुन्छ, यस्तो झुपडीमा कहाँ बसेर कुरा सुन्ने ? नजिकैको पक्की घरमा २ वटा कोठा भाडामा लिएकी छु,’ उनले भनिन् ।
२०५५ सालमा १ वर्षको काखे छोरासहित छाडेर हिँडेका विनोदले २० वर्षसम्म सुनिताको खोजीनीति गरेनन् । आमा गंगा र बुवा लालता प्रसादको सहयोग र रेखदेखमा हुर्किंदै गरेको छोराले १० कक्षा पढिरहेका थिए ।
एकदिन सुनितालाई अपरिचित नम्बरबाट फोन आयो, ‘अहिलेसम्म मैले जति गल्ती गरें माफ देऊ, म अब तिमीसँगै बस्न चाहन्छु भन्दै रूँदै फोन आयो । २ दशक नसुनेको आवाज भए पनि सुनिताले त्यो आवाजलाई सजिलै ठम्याइन्, आवाज थियो २० वर्षअघि काखे छोरासहित चटक्कै छाडेर हिँडेका पति विनोदको ।
आमाबुवा र छोराको साथ पाएर सुनिताले एकल जीवन पनि सजिलै पार लगाएकी थिइन् । छोरा पनि ठूलो हँुदै गएका थिए, आफू सांसद बनेकी थिइन् । जीवन सबैभन्दा कठिन दिनमा चटक्कै छाडेर भागेका पतिले पत्नी सांसद बनेको थाहा पाएपछि आफैंसँग बस्न आउँछु भन्दा उनलाई अचम्म लाग्यो ।
‘तिमीसँग बस्न आउँछु भन्दा बल्ल श्रीमान् रहेछन् भनेर चिनें,’ उनी सम्झिन्छिन्, ‘म अहिले एक्लै खुशी छु, तपाई किन आउनुहुन्छ ? उतै बस्नु भनिदिएँ ।’ सुनिताले एक्लै बाँच्न सिकेकी थिइन् । दुःख र पीडाहरू छोराको अनुहार हेरेर बिर्सिएकी थिइन्, अब फेरि त्यहीँ सम्बन्ध जोडेर आफैंलाई र पतिकी कान्छी पत्नीलाई दुःखी बनाउन चाहिनन् ।
‘२–३ वर्ष सँगै बसेर अर्की लिएर हिँड्दा मलाई कति दुःख लाग्यो ? उसँग त बिहे गरेर सँगै बसेको २० वर्ष भएको थियो, २० वर्ष सँगै बसेको मान्छेलाई छाडेर मतिर आउँदा उसलाई कति दुःख लाग्ला भनेर नआउनू भनिदिएँ,’ सुनिता भन्छिन्, ‘जतिबेला पतिको साथ र माया चाहिएको थियो, त्यो बेला पाइनँ । अहिले त साथमा छोरा छ, माइती छ, समाज छ र सांसदको पदसम्म पुर्याउने पार्टी छ । मलाई त बानी परिसक्यो एक्लै बस्ने । अहिले छोरा ठूलो भइसकेको छ । पतिको साथ नभएर के भो त ? जीवन त बितिरहेकै छ ।’
आफू सांसद भएपछि सँगै बस्न आउँछु भनेर पतिले फोन गर्नुका पछाडि आफ्नो मायाभन्दा पनि सांसद भएबापत पाउने तलबभत्ताको लोभ हुनसक्ने लाग्छ सुनीतालाई ।
जिल्लाको पछाडि परेको मानिने मर्चवारमा जन्मिएर हुर्किएकी सुनितालाई एक्लै संघर्ष गरेर सन्तान हुर्काउन र सांसदको पदसम्म पुर्याउन उनकी आमा गंगाको सबैभन्दा ठूलो देन छ । सुनिताकी आमा गंगा ३५–३६ सालदेखि नै राजनीतिप्रति चासो राख्थिन् । मर्चवार क्षेत्रमा एमालेको संगठन कमजोर बनिरहेका बेला गंगा बलियो खम्बा बनेर संगठन विस्तारमा लागिरहिन् ।
आमाको चासो र सक्रियताले राजनीतिप्रति सुनीताको चासो बढायो । ‘हामी ३ दिदीबहिनीलाई सानोतिनो भए पनि व्यापार गर्नुपर्छ, आर्थिक रूपमा अरूमा निर्भर हुनु हुँदैन भनेर आमाले नै पसल खोलिदिनुभएको थियो, राजनीतिमा पनि आमाले नै डोर्याउनुभयो,’ सुनिता भन्छिन् ।
२०५५ सालदेखि नै पार्टीका काम र संगठन विस्तारमा हिँड्न थालेकी सुनिताले पार्टी सदस्यता २०५८ सालमा लिएकी थिइन् । शुरूका वर्ष उनलाई सदस्यता नवीकरण गर्न र पार्टीलाई लेबी बुझाउन १०–२० रुपैयाँ बुझाउन पनि सकस हुन्थ्यो, अहिले त्यहीँ पार्टीले सांसद बनाइदिएर आर्थिक अवस्था सुधार गर्ने बाटो देखाइदिएकोमा खुशी छिन् उनी ।
‘मलाई माननीय बनाइदेला भनेर पार्टीमा लागेकी थिइनँ तर पनि माननीय बनायो, थोरैधेरै पारिश्रमिक दिएर भए पनि केही आर्थिक अवस्था सुधार गर्ने बाटो देखाइदियो, घरबाहिरको संसार देखाइदियो, समाज, विकास निर्माण, पार्टीको भूमिका सबै बुझ्ने अवसर दिलायो,’ उनी भन्छिन् ।
सुनिता मर्चवारमै बस्छिन् । प्रदेशसभा र पार्टीका बैठक बस्ने दिन उनी बिहानै बुटवल गएर बैठकमा सहभागी हुन्छिन्, साँझ घर नै फर्किन्छिन् ।
प्रदेशसभा सदस्य बनेपछि उनीजस्तै धेरै सदस्यहरू बुटवलमै कोठा भाडामा लिएर बस्न थालेका थिए । उनलाई बुटवलको महंगीमा बसेर पाएको तलबभत्ता सबै खर्च गर्नुभन्दा बचत गरेर सानै भए पनि घर बनाउनु थियो । त्यहीँ पारिश्रमिक बचत गरेर सुनीताले अहिले मझगावामै ३ कोठाको पक्की घर बनाउँदैछिन् ।
‘बुटवलमा बसाइँ महंगो छ, त्यहाँ कोठा लिएर बस्यो भने पाउने सबै पारिश्रमिक खर्च हुन्छ, यहाँ बसेपछि त खर्च कम हुन्छ, मलाई त छोराको लागि पनि पैसा बचत गर्नु छ । सानै भए पनि घर बनाउँदैछु,’ उनी भन्छिन्, ‘म माननीय भए पनि ५ वर्षलाई बनेकी हुँ, त्यसपछि त म मर्चवारमै आएर बस्नुपर्छ, पार्टीको काम गरे पनि मेरो भूगोल त यही हो, आफ्नो भूगोल छाडेर शहरमा बस्न मन लागेन,’ सुनिता थप्छिन् ।
मधेशी महिलाको जागरण र उनीहरूलाई माथि उठाउन नयाँ–नयाँ योजनासहित काम गर्ने रुचि र चाहना छ उनमा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम ...
नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीसहित ७ जनालाई कारबाहीको सिफारिस गरेको छ । पराजुली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्य...
पर्यटनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक हासिल गर्न सफल भएको बताएका छन् । राजीनामापछि आइतवार पत्रकार सम्मेलन गर्दै आलेले आफूले पर्यटन क्षेत्रको सुधारका लागि राम्रो काम गरेको र त्यसबाट...
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पद छाड्ने भएकी छन् । यसका लागि उनले मन्त्रालयमा आइतवार साँझ पत्रकार सम्मेलनको आयोजना पनि गरेकी छन् । यसअघि पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजी...
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा (एस)ले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा ...
पर्यटन मन्त्री प्रेम आलेले आफ्नो हप्कीदप्कीलाई आशीर्वचन ठानेर नीतिगत त्रुटि हुनबाट झक्झकाउने कर्मचारीलाई धन्यवाद दिएका छन् । आफ्नो ८ महिना २० दिनको प्रगति विवरण सुनाउँदै उनले यस्तो बताएका हुन् । मन्त्री प...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...