१० साउन २०८३, आइतबार

कंगनाले गरिन् यस्तो हर्कत, मानिसहरूले भने- त्यसैले बढ्दैछ ओमिक्रोनको गति

पुस २४, २०७८
कंगनाले गरिन् यस्तो हर्कत, मानिसहरूले भने- त्यसैले बढ्दैछ ओमिक्रोनको गति
फाइल तस्वीर।

बलिउड अभिनेत्री कंगना रनौतलाई बलिउडकी ‘पंगा क्वीन’ त्यसै भनिएको होइन । हरेक दिन कुनै न कुनै विवादमा उनको नाम जोडिएर आउँछ । 

उनी कहिले कुनै अभिव्यक्तिका कारण त कहिले भिडियोका कारण चर्चामा रहन्छिन् । 

यसैबीच कंगना रनौतको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियोमा कंगनाले यस्तो काम गरेकी छन्, जुन कसैले सोचेकै थिएनन् । 

वास्तवमा, कंगनाको एक भिडियो सेलिब्रेटी फोटोग्राफर विरल भयानीको सोशल मिडिया अकाउन्टमा शेयर गरिएको छ । यो भिडियो एउटा होटलको हो, जहाँ कंगना रिपोर्टसका लागि पोज दिइरहेकी छन् । त्यही समयमा वेटरले एउटा ट्रे समातिरहेका थिए, जसमा केकका धेरै टुक्राहरू राखिएको थियो । 

त्यसपछि कंगनाले त्यो प्लेटबाट एउटा टुक्रा उठाइन् र आफ्नो मुखको नजिक लगिन् । तस्वीर क्लिक गरेपछि, केक फेरि त्यही ट्रेमा राख्छिन् । अब कंगनाको यो भिडियो देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भने आक्रोशित भएका छन् ।

यो भिडियो भाइरल हुनेबित्तिकै मानिसहरू कंगनाविरुद्ध आक्रोशित भएका छन् ।

एक प्रयोगकर्ताले भने, ‘यो कुन पुण्य हो, कसले यसरी जुठो राख्छ ?’ अर्कोले लेखे, ‘पेस्ट्री छोएर उनले आफ्नो सास राखिन्, अब त्यो अरू कसैले खानेछ ।’ 

अर्काले लेखेका छन्, ‘कोरोनाको कहर बढाउनु भएकोमा धन्यवाद ।’

एक प्रयोगकर्ताले लेखेका छन्, ‘नयाँ भिडियो होस् वा पुरानो, तर मुखमा लिएको भए खाइहाल्थ्यो । अर्काले लेखेका छन्, ‘त्यसैले ओमिक्रोनको गति बढिरहेको छ ।’

 

salt training

कमेन्ट गर्नुहोस्