०५ साउन २०८३, मंगलबार

एमालेको जिल्ला अधिवेशनः कहाँ–कहाँ भयो सर्वसम्मत नेतृत्व चयन ?

एमालेको जिल्ला अधिवेशनः कहाँ–कहाँ भयो सर्वसम्मत नेतृत्व चयन ?

नेकपा एमालेको अधिवेशन अन्तरगत विभिन्न जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।  एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बॉकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ,  भक्तपुरमा बचन देउजा, पेशागतमा उमेश ढकाल र गुल्मीमा बालसिंह काउछा सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

अन्य जिल्लामा कतै सहमतिको प्रयास भइरहेको छ भने कतै निर्वाचन प्रक्रिया सुरु भएको छ । शुक्रबार एमाले अध्यक्ष केपी ओलीले ६३ जिल्लाको अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । बाँकी जिल्लामा भने मौसम र विवादका कारण अधिवेशन हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्