१६ असार २०८३, मंगलबार

करिडोर निर्माण रोक्न माग गर्दै बुटवलमा प्रदर्शन

करिडोर निर्माण रोक्न माग गर्दै बुटवलमा प्रदर्शन

बुटवलको महत्त्वपूर्ण परियोजना तिनाउ र दानव करिडोर निर्माणको काम रोक्न माग गर्दै प्रभावित क्षेत्रमा बासिन्दालाई बुटवलमा प्रदर्शन गरेका छन् । 

उनीहरू आफूहरूलाई क्षतिपूर्तिसहित सही व्यवस्थापन नहुँदासम्म आयोजनाको काम अगाडि बढाउन नदिने बताउँदै निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् । 

दानव नदी करिडोर क्षेत्रका विभिन्न टोलका स्थानीयले आइतवार बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि धर्ना दिएका छन् । उनीहरूले ‘करिडोर चाहिँदैन, सुकुम्वासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

बुटवल उपमहानगरको महत्त्वाकांक्षी योजनाका रुपमा रहेको तिनाउ र दानव नदी करिडोरको ठेक्का सम्झौता भएको लामो समयपछि कार्यान्वयनको चरणमा गए पनि स्थानीयले अवरोध सिर्जना गर्दा अप्ठ्यारो अवस्थामा पुगेको छ । 

बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले करिडोर क्षेत्रमा पर्ने वस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको बताए । विकासको काममा कसैले पनि अवरोध गर्न उचित नहुने बताउँदै रेग्मीले करिडोर प्रभावित जनताका मागलाई उचित रुपले सम्बोधन गरिने बताउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्