×

NMB BANK
NIC ASIA

५ महिनामा सवा २७ खर्ब तरलता प्रवाह, तर अभाव भने कायमै

पुस २५, २०७८

NTC
Premier Steels

चालू आर्थिक वर्षको ५ महिनामा बैंकिङ प्रणालीमा करीब सवा २७ खर्ब तरलता (लगानीयोग्य रकम) प्रवाह भए पनि बैंकहरूमा भने अझै अभाव कायम नै छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले चालू आवको पहिलो पाँच महिनामा मौद्रिक नीतिमार्फतका विभिन्न उपकरण प्रयोग गरेर २७ खर्ब २१ अर्ब ६ करोड रूपैयाँ प्रवाह गरेको छ । यसबाट जम्मा ६० अर्ब मात्रै तरलता प्रशोचन गरेर कुल तरलता २६ खर्ब ६१ अर्ब मंसिर मसान्तसम्ममा प्रवाह गरेको तथ्यांकले देखाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकका अुनसार बैंकिङ प्रणालीमा २२ पुससम्ममा ३८ अर्ब ७१ करोड रूपैयाँ अधिक तरलता रहेको छ । यो अवधिमा बैंक तथा वित्तीय बैंक तथा वित्तीय संस्थाले ४ खर्ब रूपैयाँ कर्जा प्रवाह गरेको भए पनि निक्षेप संकलनको स्रोत नबढेको, आयात बढेको, पुँजीगत खर्च कम भएकोसहितका कारणले तरलता अभाव अझै कम नभएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षको पाँच महिनामा नै आयात करीब ६० प्रतिशतले बढेको छ । यो अवधिमा नेपालमा आठ खर्बको वस्तु तथा सेवा आयात भएको छ ।

Vianet communication

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अभाव रहे पनि बैंकहरूले ऋणै नदिने अवस्था नरहेको र त्यो अवस्था आउन नदिन राष्ट्र बैंकले तरलता प्रवाह गर्ने गरेको बताए । 

राष्ट्र बैंकले बैकिङ प्रणालीमा पठाएको यस्तो तरलता अहिलेसम्मकै धेरै भएको पनि गभर्नर अधिकारीले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा बैंकिङ प्रणालीमा अधिक तरलता भएको कारण राष्ट्र बैंकले मौद्रिक नीतिका उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न परेको थिएन भने उल्टै बैंकहरूबाट एक खर्ब ६१ अर्ब रूपैयाँ तरलता प्रशोचन गरेको थियो । 

चालू आवको २२ पुससम्मको कारोबारका आधारमा हेर्दा राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत २८ खर्ब ६९ अर्ब १८ करोड प्रवाह गरेको उल्लेख छ । यसको अतिरिक्त ओभरनाइट रिपोमार्फत ७९ अर्ब, रिपोमार्फत दुई खर्ब ४० अर्ब र सोझै खरिदमार्फत २७ अर्ब तरलता प्रवाह भएको पनि राष्ट्र बैंकका गभर्नर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा लेखा समिति सभापति भरतकुमार शाहले नेपालमा अधिक चाँदी आयात भइरहेको विषयमा प्रश्न उठाए । उनले भने, ‘किन यति धेरै चाँदी आयात भइरहेको छ । कि कसैले चाँदीकै खाट बनाएर छ सुत्ने गरेको छैन ?,’

नेपालमा चार महिनामा नै ९ अर्ब रूपैयाँको चाँदी आयात भइरहेकाले यो विषयमा  आवश्यक अध्ययन गर्नुपर्ने आवश्यकता पनि शाहले औँल्याए । उनले ४ महिनामा नै चार खर्ब ऋण प्रवाह गर्ने वाणिज्य बैंकहरूले एक वर्षमा १२ खर्ब प्रवाह गर्ने र यसका लागि स्रोतको व्यवस्था नगर्ने तथा बैंकहरू ऋण मात्रै बढाएर बस्ने भन्ने विषयमा पनि उनले प्रश्न उठाए ।

‘आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुर्‍याउनै चुनौती’

तरलता अभावसँगै पुँजीगत खर्च कम हुँदा चालू आर्थिक वर्षमा सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको भए पनि ६.५ प्रतिशत पुर्‍याउन पनि चुनौतीपूर्ण भएको गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले भने, ‘बजारमा अहिलेसम्मकै बढी पैसा पठाउँदा पनि तरलतामा चाप अझै देखिएको छ ।’

संसदको सार्वजनिक लेखा समितिमा बोल्ने क्रममा अधिकारीले हालसम्मकै बढी रकम पठाउँदा पनि बजारमा तरलता सहज नभएको हुँदा यो वर्ष सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x