०६ साउन २०८३, बुधबार

गठबन्धन दललाई पछि पार्दै जिल्ला सहकारी संघमा एमालेको बर्चस्व

गठबन्धन दललाई पछि पार्दै जिल्ला सहकारी संघमा एमालेको बर्चस्व

जिल्ला सहकारी संघ मोरङको २९ औं बार्षिक साधारणसभामा भएको निर्वाचनमा गठबन्धनको दलाई पछि पार्दै एमाले निकटका सहकारीकर्मीहरुले एक सदस्य बाहेक अन्य पदमा जित हासिल गरेका छन्।

गठबन्धन दल निकटका सहकारीकर्मीहरुलाई पछि पार्दै एमाले निकटका सहकारीकर्मीहरुले चुनाव जित हासिल गरेका छन्।  

गएराति सकिएको मतगणना अनुसार डिल्ली पोख्रेलको प्यानलले नै जित हासिल गरेको हो ।

पोख्रेलले १ सय ५६ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका बिरेन्द्र यादवले १ सय २३ मत प्राप्त गरेका छन् । 

यस्तै लेखा समिति संयोजकमा दुर्गा गौतमले १ सय ४९ मत ल्याउदै विजयी यात्रा तय गरेका छन भने उनका प्रतिद्वन्द्वी गणेश निरौलाले १ सय २३  मत मात्रै प्राप्त गरेका छन् । 

सदस्यहरुमा कमलेश्वर ठाकुर,विजय कुमार सरदार,उमेश गुरुङ,जीवन काफ्ले, ऋषीराज पौडेल,चन्द्रप्रसाद भट्टराई,प्रभात खड्का,मिरा दाहाल हिरा र हेरम्भराज भट्टराई निर्वाचित बनेका छन् ।

मिरादा हाल हिरा भने गठबन्धन दलकी हुन् । 

महिला तर्फ सीता शर्मा दाहाल र संगीता दाहाल निर्वाचित बनेका हुन् । बरिष्ठ उपाध्यक्षमा बिजय कुमार माझी ,महिला उपाध्यक्षमा पार्वती बराल सचिवमा राकेश दाहाल,सह सचिवमा युवराज भट्टराई कोषाध्यक्षमा अमृत गुरुङ भने निर्विरोध निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्