
अमेरिकाको लस एन्जलस प्रहरी विभागका अधिकारीहरूले दुर्घटनामा परेको एक विमानका चालकलाई बहादुरीपूर्वक उद्धार गरेको अद्भुत भिडियो सार्वजनिक भएको छ ।
उक्त विमानमा ट्रेन ठोकिनुअघि केही सेकेन्डअघि पाइलटलाई उद्धार गरिएको हो ।
प्रहरीको बडी क्यामरामा कैद भएको फूटेजमा अधिकारीहरूले गम्भीर घाइते भएका पाइलटलाई विमानबाट निकालेको देखिन्छ । विमान सान फर्नान्डो रोड र ओसबोर्न स्ट्रीटमा रहेको ट्रेन लाइनमा खसेको थियो ।
रक्ताम्मे पाइलटलाई बाहिर निकालेको केही समयपछि ट्रेनले विमानलाई ध्वस्त पारेको देखिन्छ ।
प्रहरी विभागले बहादुरी देखाउने तथा छिटो काम गर्ने अधिकारीहरूलाई प्रशंसा गरेको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
Foothill Division Officers displayed heroism and quick action by saving the life of a pilot who made an emergency landing on the railroad tracks at San Fernando Rd. and Osborne St., just before an oncoming train collided with the aircraft. pic.twitter.com/DDxtGGIIMo
— LAPD HQ (@LAPDHQ) January 10, 2022