३० असार २०८३, मंगलबार

पृथ्वीनारायण शाहको सम्मानमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्छः शंकर भण्डारी

पृथ्वीनारायण शाहको सम्मानमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्छः शंकर भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथ्वी जयन्तीमा सार्वजनिक दिनुपर्ने बताएका छन् । 

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनको सम्मानमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने उनले बताएका हुन् । 

साथै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सरकारी तवरबाट भव्य रुपमा मनाउनुपर्ने उनले विज्ञप्ति जारी गरेर बताएका छन् । 

'हामीलाई विशाल नेपाल दिने महानपुरुष पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन के कारण कठिन भएको छ ? राष्ट्रिय एकता दिवस मनाउन हामी किन हिच्किचाउँदै छौं ? जसले सबै जातजाति र धर्मका बीचमा एकता कायम गरायो उसैको सम्मान गर्न किन डराएका छाैं ? हामीले आज आफैंलाई प्रश्न गर्नुपर्ने समय आएको छ,' उनले भने । 

पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नेहरू आफैं समाप्त भएर जाने भण्डारीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्