२५ असार २०८३, बिहीबार

विराटनगरमा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

विराटनगरमा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

विराटनगरमा मास्क नलगाई हिँड्नेलाई अब १०० रूपैयाँ जरिवाना हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो । 

जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिले अनिवार्य मास्क लगाउनु पर्ने निर्णय गरेको छ । अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढे पनि बजार तथा भीडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्नेको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय गरेको हो । 

अब पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने छ । मापदण्ड पालना नगर्ने व्यवसायीलाई पाँच हजार नगद जरिवाना गराइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने पसल तथा व्यवसायीलाई माघ १ गतेदेखि जरिवाना गरिनेछ । 

पछिल्लो समय विराटनगरसँग सीमा जोडिएको विहार राज्यका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न शुरू भएसँगै सम्भावित जोखिम नियन्त्रण गर्न प्रशासनले उक्त नियम लागू गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्