
तेह्रथुमको फेदाप गाउँपालिका–१ स्थित महकाली मावि पुल्ढुङ, सिम्लेका प्रधानाध्यापकको सोमवार करेन्ट लागेर मृत्यु भएको छ ।
कुटमिराको रुखमा घाँस काट्न चढेका प्रधानाध्यापक अम्बरबहादुर बस्नेतको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको फेदाप गाउँपालिका–१ का अध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हाँगा आधा काटेपछि ढल्कँदै गएर बिजुलीको तारमा छोएको थियो । हाँगाले तारमा छोएपछि बस्नेतलाई करेन्ट लागेको थियो । बस्नेत विद्यालयबाट परीक्षा सकेर घर गएका थिए ।
बस्नेतको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डीएसपी निशान थापाले जानकारी दिए ।