०७ साउन २०८३, बिहीबार

सीमामा तनाव भइरहेका बेला भारतले परीक्षण गर्‍यो ब्रह्मोस मिसाइल

सीमामा तनाव भइरहेका बेला भारतले परीक्षण गर्‍यो ब्रह्मोस मिसाइल

भारतले मंगलवार आईएनएस विशाखापट्टनमबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ ।

यो क्षेप्यास्त्र समुद्रदेखि समुद्रको अधिकतम दायरामा रहेर प्रहार गर्ने स्वरुपमा बनाइएको छ । 

भारतीय नौसेना स्रोतका अनुसार मिसाइलले आफ्नो अधिकतम दायरामा रहेर पूर्ण सटीकताका साथ लक्षित जहाजमा प्रहार गरेको थियो । 

चीन र पाकिस्तानसँग सीमामा लगातार तनाव भइरहेका बेला भारतले यो परीक्षण गरेको हो ।

स्मरण रहोस्, हालै फिलिपिन्सले ब्रह्मोस किन्नको लागि सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे छिट्टै अन्तिम निर्णय हुनेछ । त्यसपछि सुपरसोनिक क्रुज मिसाइल ब्रह्मोस भारत र फिलिपिन्सको नौसेनाको हिस्सा बन्न सक्छ । 

गत महिनाको शुरूमा भारतले ओडिशाको तटमा स्वदेशी सतहदेखि सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल ‘प्रलय’ को सफल परीक्षण गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्