०९ साउन २०८३, शनिबार

हिमालयन बैंकको नयाँ शाखा महेन्द्रनगरमा

हिमालयन बैंकको नयाँ शाखा महेन्द्रनगरमा

हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा नयाँ शाखा खोलेको छ।

कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।   

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो। महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए।

सो शाखासमेत हाल बैंकको  कुल  शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ  भने एटीएम संख्या १४८ र ५ हजारभन्दा बढी पीओएस टर्मीनल संख्या पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्