२० असार २०८३, शनिबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान प्रदेश १ र प्रदेश २ लगायत पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

यस्तै दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भू(भागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना  रहेको  महाशाखाले जनाएको छ ।  

यसैगरी राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागहरुमा आंशिक बदली रहने छ।

यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

salt training

कमेन्ट गर्नुहोस्