२४ जेठ २०८३, आइतबार

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्य

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्य

मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा आज  बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । 

बिहान कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । 

प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकलबाट उर्लाबारीको नेपाल दर्शन कलेज अध्ययनका लागि गइरहेका बानियाँलाई को२त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चालक तामाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स)समेत नभएको प्रहरीको भनाइ रहेको छ ।  

मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको मोरङ प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्