११ साउन २०८३, सोमबार

भारतमा एकैदिन थपिए झण्डै दुई लाख संक्रमित

पुस २८, २०७८
भारतमा एकैदिन थपिए झण्डै दुई लाख संक्रमित

भारतमा कोरोनाभाइरसबाट एकैदिन झण्डै दुई लाख नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले बुधवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ संक्रमित थपिएका हुन् ।  

मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने ९ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ ।

दैनिक नयाँ संक्रमितहरूको वृद्धिदर ११.५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ । 

महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ संक्रमित थपिएका छन् । दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ संक्रमित थपिएको अधिकारीहरूले जनाएको छ । नयाँ संक्रमितमध्ये चार हजार ८६८ जना ओमिक्रोनभाइरसबाट संक्रमितहरू रहेको जनाइएको छ । 

अघिल्लो दिन सोमवार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना संक्रमित भएको उल्लेख गरिएको थियो । 

भारतमा सक्रिय संक्रमित र नयाँ संक्रमित दुवैको संख्या तीव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मंगलवार आठ लाख २१ हजार ४४६ जना सक्रिय संक्रमित थिए ।-रासस/एएनआई

salt training

कमेन्ट गर्नुहोस्