२४ जेठ २०८३, आइतबार

मेक्सिकोका स्वास्थ्य अधिकारी भन्छन्- ओमिक्रोन भेरियन्ट खतरनाक छैन

पुस २८, २०७८
मेक्सिकोका स्वास्थ्य अधिकारी भन्छन्- ओमिक्रोन भेरियन्ट खतरनाक छैन

मेक्सिकोका स्वास्थ्य अधिकारीहरूले मेक्सिकोमा फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट शक्तिशाली नरहेको जनाएका छन् ।

मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा कम खतरनाक भएको पाइएको उनीहरूले बताएका हुन् । उनीहरूले यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् ।

परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोका स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले बताए । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ । -रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्