२५ असार २०८३, बिहीबार

सबै तहका निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

सबै तहका निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । 

आसन्न राष्ट्रिय सभाको निर्वाचन, आगामी स्थानीय तह र संसदीय निर्वाचन सम्बन्धी छलफलका लागि सर्वदलीय बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

उनका अनुसार शुक्रवार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । 

‘निर्वाचनसँग सम्बन्धित विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएका छौं । त्यससँगै मतदाता नामावलीका विषयमा पनि छलफल गर्ने तयारी छ,’ उनले भने ।

अहिलेसम्म मतदाता नामावली संकलनको विषयमा भएको प्रगति र आगामी योजनाका बारेमा पनि छलफल हुने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्