मुम्बइ, १७ पुस– बलिउड अभिनेता सलमान खानका दाइ अरबाज खान र चर्चित बलिउड आइटम डान्सर मलाइका अरोराको डिभोर्स प्रक्रिया बान्द्रास्थित अदालतमा चलिरहेकै समयमा अचानक दुबै जना एउटै पार्टीमा सँगै देखिएका छन् ।
बलिउड अभिनेत्री अमृता अरोरा लगायत पारिवारीक जमघट गर्न गोवामा आयोजना गरिएको न्यू इयर पार्टीमा अरबाज र मलाइका सँगै देखिएको हो ।
कतिपयले यस घटनालाई डिभोर्सपछि दुबैजना सम्बन्ध सुधारतिर लागेको संकेतको रुपमा पनि लिएका छन् ।
मलाइका र अरबाज आफन्तहरुसँगै एउटै टेबुलमा बसेर खानपिन गरेको दृश्य तस्वीरमा देख्न पाइन्छ । मलाइकाका बहिनी अमृताले सामाजिक सञ्जालमा सेयर गरिएको उक्त फोटोमा आफ्ना परिवारहरुसँग बसेर अरबाज र मलाइका परिवारसँग रमाउँदै गरेको देखिन्छ ।
अहिले उनीहरुको मुम्बइस्थित बान्द्रा अदालतमा डिभोर्सको प्रकिया चलिरहेको छ । यद्यपि दुबैलाई मिल्नको लागि अदालतको ६ महिनाको समयसीमा दिएको छ । दुबै जना मिल्ने अवस्था देखिएन भने विवाहलाई औपचारिक रुपमा टुंग्याएर अदालतले सम्बन्धविच्छेडको निर्णय गर्नेछ ।
यसअघि नै मलाइकाले आफ्ना पतिको खान थर हटाइसकेकी छिन् । र, दुबैैजना छुट्टाछुट्टै घरमा बस्दै आएका छन् ।
अरबाज र मलाइकाको विवाह भएको १७ बर्ष नाघिसकेको छ र उनीहरुको एक छोरा पनि छ । डिभोर्सको प्रक्रिया शुरु भएदेखि मलाइका बलिउड अभिनेता अर्जुन कपूरसँग नजिकिएको हल्ला चले पनि मलाइकाले यो कुरामा सत्यता नभएको बताउँदै आएकी छिन् ।
इण्डियन एक्सप्रेस