युक्रेनलाई पश्चिमी सैन्य संगठन नेटोको सदस्य बनाइएमा रुसले सैन्य कारवाही गर्ने चेतावनी दिएको छ ।
ब्रसेल्समा रहेको नेटो प्रधान कार्यालयमा रुसका प्रतिनिधिहरूसँगको भेटमा पश्चिमी मुलुकका राजदूतहरूले मस्कोको मागलाई एकमतले खारेज गरेका छन् ।
रुसले युक्रेनसँगै फिनल्यान्ड वा जर्जियालाई पनि सदस्य नबनाउन माग राखेको छ अनि पूर्व सोभियत राज्यहरूबाट पछि हट्न भनेको छ ।
यसैबीच युरोपेली संघका परराष्ट्रनीति प्रमुखले बिहीवार रुससँग कुनै पनि सम्झौता ईयूको संलग्नताविना नगरिने आश्वासन अमेरिकाले पाएको बताए ।
रुसको मागलाई नेटोले अस्वीकृत गरेकाले नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले युरोपमा नयाँ सशस्त्र द्वन्द्वको जोखिम बढेको बताए ।
‘रुसले युक्रेनविरुद्ध बल प्रयोग गरेमा र युक्रेनमाथि थप धावा बोलिएमा हामीले नेटोको उपस्थिथि थप पूर्वतर्फ विस्तार गर्ने विषयमा गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ,’ स्टोल्टेनबर्गले बताए ।
ब्रसेल्समा वार्ता निष्कर्षमा पुग्न नसकेपछि रुसले लाइभ फायर अभ्यासका साथ युक्रेनको सीमानजिक युद्धाभ्यास थालेको छ ।