
पछिल्लो २४ घन्टामा मुलुकभर ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१५ हजार ८१ जनामा नमुना परीक्षण गर्दा आरटीजेन तथा पीसीआरबाट २ हजार ९ सय २२ जना र एन्टीजेनबाट ६ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै मुलुकभर पीसीआर परीक्षणमार्फत कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ४१ हजार २९७ र एन्टीजेनमार्फत पुष्टि हुनेको संख्या ९९ हजार २२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।
यस दिन २ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छन् ।
हालसम्म उपचारपछि निको हुने संक्रमितको संख्या ८ लाख १५ हजार ३४७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस दिन १ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ६१० जनाको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म १ सय २२ जना संक्रमित क्वारेन्टीनमा रहेका छन् भने १४ हजार ३४० संक्रिय संक्रमित रहेका छन् ।