३१ असार २०८३, बुधबार

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार  शुक्रबार बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

यस्तै शुक्रबार दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । प्रदेश १ को पहाडी  भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।  

यस्तै राति देशभर आंशिक बदली रहने छ।

salt training

कमेन्ट गर्नुहोस्